समाचार

पूर्वराजाले शाही निसान प्रयोग गरेको प्रति काँग्रेस सांसद खतिवडाको आपत्ति

७ चैत, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय झन्डाको अपमान गरेको भन्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडियो सन्देशमा नेपाली झण्डाको दुरुपयोग गरेर शाही निसान प्रयोग गरेको आरोप लगाए । उनले पूर्वराजा शाहलाई शाही निसान प्रयोग नगर्न संसद्ले भन्नुपर्ने बताए। 

सांसद खतिवडाले शाही निसान २०६५ साल जेठ १७ गते हटाएर राष्ट्रिय झन्डा राखिएको बताए । 

उनले नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख नरहेको भन्दै श्री ५ महाराजधिराज भन्ने र शाही निसान राख्ने कार्यप्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न, संविधान नमिच्नका लागि आग्रह गरोस् ।’ उनले भने।