१० चैत , काठमाडौँ। आफूखुसी गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रधान कार्यालयले एक सूचनामार्फत एक महिना भन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेकाले सात दिन भित्र हाजिर हुन निर्देश गरेको हो।
आफूखुसी बिदा बस्नेहरूमा दुई जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र दुई जना प्रहरी कार्यालय सहयोगी रहेको जनाएको छ।

आफूखुसी गैरहाजिर रहेको हुँदा प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।