समाचार

स्ववियु निर्वाचन : अमृत साइन्स क्याम्पस (अस्कल)मा मतदान जारी, आजै नतिजा आउने 

१० चैत, काठमाडौँ । स्थगित भएको काठमाडौँको अमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियु निर्वाचनको मतदान भइरहेको छ।  यस क्याम्पसमा इलेकट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको हो। 

विद्यार्थी सङ्गठनबिच ५ चैतमा विवाद भएपछि चुनाव स्थगित भएको थियो। आज बिहान ८ बजेदेखि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको हो ।

 यस क्याम्पसमा इलेकट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने सम्भावना रहेको छ। 

यस्तै पोखराको पृथ्वीनारायण (पिएन)क्याम्पसमा पनि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।