सामाजिक सञ्जाल

उपप्रधानमन्त्री सिंहलाई मेयर बालेनको सुझाव : मलाई हराउने नाममा आफ्नो देशलाई नहराउनु होला

१० चैत, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहले उपपंधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गर्दै अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ? भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला भनेका छन् ।
बालेन शाह काठमडौंका मेयर हुन् भने प्रकाशमान सिंह काठमडौं क्षेत्र नम्बर १ बाट निर्बाचित साँसदमात्र नभएर काँग्रेसका प्रभावशाली नेतासमेत हुन् । उनीहरु दुईकाबीच बिभिन्न कार्यक्रममा र सामाजिक सञ्जालमा राजनीतिक घोचपेच हुनु स्वभाविक नै भईरहेको देखिन्छ ।
कपन खोला, बालमन्दीर भएको क्षेत्र भने काँग्रेस महामन्त्री गगन थापाको निर्बाचन क्षेत्र हो ।

उनको सामाजिक सञ्जालको भनाईः

माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु,
अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ?

मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।