१२ चैत, काठमाडौँ। चितवनको विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ कुटिएका छन् । आज बिहान कार्यालयको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले प्रमुखलाई कुटपिट गरेका हुन्।
प्रधानमन्त्रीविरुद्ध कार्यालयको डिजिटल बोर्डमा कसरी उक्त नारा डिस्प्ले भयो भन्ने खुलेको छैन, तर ह्याकरले ह्याक गरेर उक्त डिस्प्ले गरेको हुन सक्ने बताइएको छ।
कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको बताइएको छ।
सोही विषयलाई लिएर एमाले कार्यकर्ता कार्यालयमा पुगेर श्रेष्ठमाथि हातपात गरेका हुन्। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ भएको बताएका थिए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो।
