१२ चैत, काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्रीलाई नियुक्त गरेका छन्।
आज मन्त्रालयमा एक कार्यक्रमबिच अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मन्त्री पौडेलले थापाको नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति लिनेमा आफु विश्वस्त रहेका बताए। ‘तपाईँको नेतृत्वमा स्वास्थ्य बिमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु’, उनले भने।
बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भैसकेका छन्।
मन्त्री पौडेलले स्वास्थ्य बिमाको सुधार र स्वास्थ्य बिमा कोष बलियो पार्दै यसको दिगोपनमा प्राथमिकता रहेको बताउँदै आएका थिए।