१२ चैत, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङ विरुद्ध अभिव्यक्ति दिएका छन्। उनले नेपालमा लोडसेडिङ अन्त्य कुलमान एक्लैले नगरेको टिप्पणी गरेका हुन्।
आज काँग्रेस नेत्री सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो?,’ भन्दै प्रश्न गरेका थिए। ‘हिजो त्यही काम गरेको अर्को एक जनालाई निकालेर काम नभएको पद, ठाउँमा सरुवा गरिदिनुभयो। अनि रिटायर्डलाई ल्याएर राखिदिनुभयो।’ उनले भने।
त्यसअघिका विभिन्न सरकारहरूले गरेका कामका कारण लोडसेडिङमुक्त भएको प्रधानमन्त्री ओलीको दाबी छ।
उनले काँग्रेस सभापति देउवाले गल्ती गरेर कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याएर नियुक्ति दिएको आरोप लगाएका थिए ।