समाचार

सरकारमा सहभागी दलहरूको बैठक बालुवाटारमा सुरु

१२ चैत, काठमाडौँ । सरकारमा सहभागी दलहरूको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। 

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि उत्पन्न परिस्थितिकोबारे छलफल गर्न बैठक बोलाइएको बुझिएको छ। सरकारको उक्त निर्णयलाई सरकारमै रहेका दलका नेताहरूले गलत भएको बताइरहेका बेला बैठक बसेको हो। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत सहभागी छन् ।