समाचार

कुलमान हटाउने निर्णय सञ्चारमन्त्रीद्वारा सार्वजनिक 

१२ चैत, काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले कुलमान घिसिङलाई हटाउने निर्णय आधिकारिक रूपमा सार्वजनिक गरेका छन्। आज मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै गुरुङले कुलमानलाई पदमुक्त गरेको निर्णय सुनाएका हुन्।  

उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णय भएको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य (ललितपुर)लाई नियुक्त गर्ने निर्णय भएको बताएका हुन्।

 हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठक पछि उनी आफैले यसबारे कुनै निर्णय नभएको भन्दै पत्रकारहरूको प्रश्नबाट तर्किएका थिए।