समाचार

त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित (हेर्नुहोस् सूचना) 

१३ चैत, काठमाडौँ । आज हुने भनिएको काठमाडौँको त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । गत ५ चैतमा चुनाव हुन नसकेपछि आज चैत १३ गतेका लागि नयाँ मिति तोकिएको थियो ।

निर्वाचन समितिले एक सूचना जारी गर्दै क्याम्पसको मुख्य गेटमा विद्यार्थीको तालाबन्दी गरेका कारण निर्वाचन स्थगित गरिएको जनाएको छ । उसले ‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले सूचनामा उल्लेख छ ।

‘त्रि.वि. केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको सूचनामा भनिएको छ।