समाचार

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी 

१३ चैत, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको छ। भूमिसम्बन्धी अध्यादेशबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएको बताइएको छ। 

सरकारले भूमिसम्बन्धी अध्यादेश पुनः अघि बढाउन खोजेको छ। त्यसका लागि हिजो पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताबिच छलफल भएको थियो। 

आजको बैठकमा भूमि अध्यादेशप्रति असन्तुष्ट जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन्। हिजोको बैठकमा भने अध्यक्ष यादव सहभागी भएका थिएनन्।