१३ चैत, काठमाडौँ । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ। उक्त घटनामा उद्धारको लागी हेलिकप्टर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्लाजाको पाँचौँ तल्लामा आगलागी भएको र त्योभन्दा माथिको तलामा केही मानिस फसेकाले उद्धारका लागि हेलिकप्टर पठाइएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार माथिल्लो तलामा कति मान्छे फसेका छन् त्यो यकिन भएको छैन। यद्यपि सशस्त्र प्रहरीले डोरीको सहायताले ५ जनाको उद्धार गरिसकेको छ ।





