समाचार

आज पनि संसद् अवरोध गर्ने प्रतिपक्ष दलहरूको तयारी 

१४ चैत, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे जवाफ नदिएसम्म संसदमा अवरोध कायमै रहने विपक्षीले दलहरूले जनाएका छन्। प्रधानमन्त्री ओलीले भने संसदमा जवाफ दिन जरुरी नै नभएको भनेर सार्वजनिक अभिव्यक्ति दिएकाले संसद्को अवरोध तत्काल नखुल्ने देखिएको छ ।

प्रतिनिधि सभाको बैठक आजै ११ बजे बस्ने तय बहेको छ।  

विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी सहितका दलहरूले हिजो पनि संसदमा अवरोध गरेका थिए । उनीहरूले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग राख्दै आएका छन् । यही माग राख्दै विपक्षी दलहरूले बुधवार प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध पारेका थिए ।

सभामुख देवराज घिमिरे भने आजको संसद् सञ्चालनको लागी प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिरहेका छन् ।