समाचार

संसद् बैठक अझै सुरु भएन, सदनलाई जवाफ नदिने प्रधानमन्त्रीको अडान कायमै 

१४ चैत, काठमाडौँ । ११ बजे बस्ने भनिएको  प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।  बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

विद्युत् प्राधिकरण को कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा उभिएर चित्त बुझ्दो जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने  विपक्षी दलले अडान लिएका छन्। 

हिजो पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विपक्षी दलले अवरुद्ध गरेका थिए। 

कुलमान बर्खास्तबारे अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिन जरुरी नै नभएको भन्दै प्रतिपक्षको मागलाई लत्त्याइदिएका छन्। यस कारण आजको बैठक पनि अवरुद्ध हुने सम्भावना देखिन्छ।