१५ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा घिसिङ र शाक्यको रिट निवेदन क्रमशः दोस्रो र पाँचौँ क्रममा पेशीका लागि सूचिकृत भएको छ ।
घिसिङले आफूलाई गैर कानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् । शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएको उनी पदको हकदार नभएको जिकिर गर्दै रिट निवेदन पेश गरेका हुन्।