समाचार

संसद्लाई जवाफ नदिने प्रधानमन्त्रीको अडान, संसद् बैठक अन्योलमा 

१५ चैत, काठमाडौँ । विद्युत्  प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्ती गर्नु पर्ने कारणको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिने अडान कसेपछि  प्रतिनिधि सभाको बैठक अन्योलमा परेको छ। संसदमा रहेका विपक्षी दलहरूले  जवाफ माग गरे अनुसार प्रधानमन्त्री ओली संसदमा जवाफ दिन तयार नभएपछि बैठक अनिश्चित बनेको हो। 

दुवै सदनको  बैठक आज बिहान ११ बजे बस्ने गरी डाकिएको थियो,तर अझै सुरु हुन सकेको छैन। 

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

संसदको अवरोध खुलाउन सभामुख घिमिरेले पहल गरिरहेका छन्।  यद्यपि छलफल परिणाम मुखी बन्न सकेको छैन।  सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग पटक पटक छलफल गरेपनि विपक्षीदलहरुको अडान यथावत् रहेको छ। प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चलन नसक्ने  बताइरहेको छ।