समाचार

राजावादी प्रदर्शन : प्रहरीले हान्यो पानीको फोहोरा 

१५ चैत, काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी समर्थकको प्रदर्शनमा नेपाल प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर प्रहरीको बार तोड्दै  बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा समेत हानेको छ।  प्रदर्शनकारीलाई प्रहरीले तीनकुनेमै रोक्न खोजेपछि झडप भएको हो। 

राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिरहेका छन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ।