१५ चैत, काठमाडौँ । गणतन्त्रवादी राज राजावादीको प्रदर्शनका कारण संसद् भवन अगाडिको सडक बन्द गरिएको छ। प्रहरीले सवारी आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएर सुरक्षा कडा पारेको हो ।
प्रहरीले नयाँबानेश्वर चोकबाट तीनकुनेतर्फ जान रोक लगाएको छ। अर्कोतर्फ तीनकुनेबाट सिभिल अस्पतालसम्म आवतजावत गर्न सकिए पनि संसद् भवनतिर आउने सडक प्रहरीले ब्यारिकेड राखेर सडक पूर्ण रूपमा बन्द गरिएको छ । उक्त क्षेत्रमा हतियारसहितका सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्।
संसद् भवनबाट नजिकै रहेको तीनकुने क्षेत्रमा राजावादीहरूको सभा हुने भएकाले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो।