समाचार

आन्दोलन जटिल बनेपछि काठमाडौं जिल्ला प्रशासनद्वारा कफ्यु आदेश जारी, कुन-कुन एरिया ? (हेर्नुस्)

१५ चैत, काठमाडौँ । राजावादीहरूको आन्दोलनले उग्र रूप लिएपछि काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी प्रदर्शनकारीले व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो। 

शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौँका  जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कर्फ्यु  लाग्नु अघि प्रहरीले माइकिङ गरेर कर्फ्यु  लाग्ने बताएको थियो।

प्रहरीले अहिले भने तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ। प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्याँस, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको  हो।