१५ चैत, काठमाडौँ । गृह मन्त्रालयमा सुरक्षाप्रमुखहरूको आकस्मिक बैठक बसिरहेको छ। राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ ठाउँमा आगजनी र सर्वसाधारणका घर, कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षा प्रमुखहरूको बैठक बसेको छ।
काठमाडौँको तीनकुने क्षेत्रमा आन्दोलनमा उत्रिएका राजावादीहरूले अनियन्त्रित भएर तोडफोड, आगजनीमा उत्रेपछि सुरक्षा प्रमुखहरूको बैठक बसेको हो।
प्रदर्शनकारीले व्यक्तिको घरमा र प्रहरीको गाडीमासमेत आगजनी गरेका छन्।





