१५ चैत, काठमाडौँ । उग्र बनेका राजावादीका प्रदर्शनकारीहरूले काठमाडौँको बालकुमारीमा अर्को गाडी जलाएका छन् ।
तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले कर्फ्युको बाबजुद बालकुमारीमा पुगेर गाडी जलाएका हुन् । यस अघि माओवादी केन्द्रको केन्द्रीय कार्यालय नजिकै एउटा मोटरसाइकल र एउटा गाडी जलाएका थिए।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फ्यु जारी गरिएको छ । आन्दोलनकारीहरूले कोटेश्वरमा रहेको भाटभटेनि सुपरमार्केटमा लुटपाट समेत गरेका थिए।