समाचार

कर्फ्यु लागेको केही समयमै नेपाली सेना सडकमा निस्कियो 

१५ चैत, काठमाडौँ।  काठमाडौँको पाँच स्थानमा कर्फ्यु लगाएसँगै नेपाली सेनाको टोली सडकमा निस्किएको छ ।

राजावादीहरूको आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो।  कर्फ्यु लागेको केही समयमै सेनाको टोली सडकमा निस्किएको हो ।

राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।

तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रवार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । आन्दोलनकारीहरूले आगजनी र लुटपाटका घटना घटाइरहेको बेला सेना मैदानमा देखिएको हो।