समाचार

दुर्गा प्रसाईँलाई कारबाहीको दायरामा ल्याउने सरकारको तयारी  

१५ चैत, काठमाडौँ । सरकारले राजावादी आन्दोलनका कमान्डर भनिएका व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीको दायरामा ल्याउने बताएको छ।  

आज काठमाडौँको तीनकुनेमा भएको तोडफोड र आगजनीको घटनामा मुख्य दोषी प्रसाईँ रहेको भन्दै पक्राउ गर्ने तयारी गरेको गृह मन्त्रालयका सहसचिव छवि रिजालले  जानकारी दिएका हुन्।

सहसचिव  रिजालले  आज साँझ पत्रकार सम्मेलन गरेर  सरकारको प्रसाईँलाई कारबाही गर्ने तयारी गरेको जानकारी गराएका हुन् ।

आज तीनकुने क्षेत्रमा प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए। उक्त घटनापछि काठमाडौँका केही स्थानमा कर्फ्यु लगाइएको छ। आन्दोलनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरेका थिए। 

राजावादीका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट समेत गरेका थिए।