१५ चैत, काठमाडौँ । राजावादी आन्दोलनमा तीनकुनेमा भएको आगजनीको घटनामा परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। उनी आगो लागेको भवनको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका बताइएको छ।
उनको सोही भवनमा आगोमा जलेर ज्यान गएको हो ।
राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि नजिकै रहेको एक भवनमा आगजनी गरेका थिए । उक्त घटनालगत्तै पत्रकार रजक सम्पर्कविहीन भएको बताइएको छ।





