समाचार

तीनकुनेमा प्रहरीको बन्दुक खोस्ने सहित १५० जना पक्राउ

 १६ चैत, काठमाडौँ । राजावादीहरूले काठमाडौँको तीनकुनेमा शुक्रवार गरेको तोडफोड र आगजनीमा संलग्नलाई प्रहरीले पक्राउ गरिरहेको छ।  

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार  हिजो प्रहरीको बन्दुक खोस्ने सहित बिहानसम्म १०५ जना पक्राउ परेका हुन्। 

उक्त प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसेर फोटो समेत खिचाएका थिए।  गैर कानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ ।

यसअघि  राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै आन्दोलन परिचालन कमिटीका प्रवक्ता स्वागत नेपाललगायतका राजावादीहरू शुक्रवार राति नै प्रहरीले पक्राउ गरिसकेको छ ।

 त्यसैगरी राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै प्रहरीको निगरानीमा नजरबन्द गरिएको छ ।

हिजोको प्रदर्शनको नेतृत्व गरेका र आन्दोलन भड्काउन मुख्य भूमिका खेलेका दुर्गा प्रसाईँ भने अहिलेसम्म फरार छन् । उनलाई प्रहरीले खोजिरहेको छ।