१६ चैत, काठमाडौँ । राजसंस्था पुनस्थापनाको लागी आन्दोलन समितिका संयोजक बनेका नवराज सुवेदीको घरमा प्रहरी तैनाथ गरिएको छ । राजसंस्था पुनस्थापनाका लागि भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका सुवेदीको घरमा गएरातीदेखि नै प्रहरी पुगेको हो ।
उनलाई अहिले कसैसँग पनि भेटघाट गर्न दिइएको छैन । उनको निवास वरपर प्रहरीले निगरानी बढाएको छ। सुवेदी काठमाडौँ महानगरपालिका–७ स्थित कुमारीगालमा बस्दै आएका छन् ।
सुवेदीको स्वास्थ्य अवस्थाका कारण पक्राउ नगरिएको बताइएको छ। उनलाई तीनकुने घटना लगत्तै शुक्रवार राति नै पक्राउ गर्ने प्रहरीको तयारी रहेको बताइएको छ।
आन्दोलन समितिका संयोजक सुवेदी आफैँ हुन ,तर हिजो दिउँसो तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरेका थिए।





