समाचार

दुर्गा प्रसाईँका युवा समूहका कमाण्डर पक्राउ 

१६ चैत, काठमाडौँ ।  प्रहरीले दुर्गा प्रसाईँ निकट युवा समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ । उनी नेपाली सेनाका पूर्वक्याप्टेन समेत हुन्।

‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर राजभण्डारीलाई बालाजुबाट आज पक्राउ गरिएको हो। उनी तीनकुने घटनामा संलग्न भएको भन्दै गिरफ्तार गरिएको जनाइएको छ। 

शुक्रबार तीनकुनेमा हिंसात्मक  प्रदर्शन हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।उनले आजै मात्र पत्रकार मृत्युको कारण सरकार पक्ष भएको भन्दै फेसबुक स्टाटस राखेका थिए ।

यस अघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा र स्वागत नेपाल लगायतलाई शुक्रबार नै पक्राउ गरेको थियो ।

शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई पनि आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।