१६ चैत, काठमाडौँ। त्रिभुवन युनिभर्सिटी केन्द्रीय क्याम्पसमा यही चैत १८ गते स्ववियुको निर्वाचन हुँदैछ। चैत पाँच गते हुने भनिएको निर्वाचन विविध कारणले स्थगित हुँदै आएको थियो।
यही १८ गते हुने भनिएको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घकोतर्फबाट दिपराज जोशी आधिकारिक उम्मेदवार बनेका छन्। दार्चुलामा जन्मेका जोशी सानै उमेरदेखि नेविसंघमा आबद्ध भएर विद्यार्थीको हक हितको लागी आवाज उठाउँदै आएका छन्। उनले २०६८ सालमा धनगढीमा रहेको ग्यालेक्सी स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए। उनीले सोही स्कुलबाट नेविसंघको सदस्यता समेत लिएका हुन्।
जोशीले उनी अध्ययनरत स्कुलमा नेविसंघको उपाध्यक्ष भएर जिम्मेवारी समेत सम्हालेका थिए। उनले प्लस टु भने बल्खुमा रहेको वन हर्ट कलेजबाट गरेका हुन्। सामाजिक काममा रुचि राख्ने जोशी उक्त कलेजमा पनि विद्यार्थीहरूको क्याप्टेन भएर जिम्मेवारीमा रहेका थिए।
उनले बिएसी त्रिचन्द्र क्याम्पसबाट गरेका हुन्। उनी त्रिचन्द्रमा पनि नेविसंघको सहसचिव भएर काम गरी सकेका छन्। क्याम्पसमा भएका अनेकौँ बेथिति र विसङ्गतिको विरोध गर्दै विद्यार्थीको हकहितमा डटेर लाग्ने गर्छन् जोशी।
हाल त्रिभुवन युनिभर्सिटी केन्द्रीय क्याम्पसमा नेविसंघको उम्मेदवार बनेका छन्। जोशी त्रिभुवन युनिभर्सिटी केन्द्रीय क्याम्पस अन्तर्गत नेपाल भौगर्भिक विद्यार्थी समाजको उपाध्यक्ष भएर क्याम्पसमा विभिन्न खालका सामाजिक चेतना साथै मेन्टल हेल्थ जस्ता विषयमा अभियान नै चलाएर आइरहेका छन्। उनले नेविसंघ त्रिभुवन युनिभर्सिटी केन्द्रीय क्याम्पसको सहसचिवको जिम्मेवारी समेत पुरा गरिसकेका छन्।
क्याम्पस प्रशासनसँग हातेमालो गर्दै सामाजिक कार्यमा अभ्यस्त रहेका जोशी त्रिभुवन युनिभर्सिटी केन्द्रीय क्याम्पसको नेविसंघको निवर्तमान सभापति समेत रहेका छन्। हाल उनी नेविसंघको केन्द्रीय सदस्य रहेर जिम्मेवारी सम्हाल्दै आएका छन्।
उनले आफ्नी उम्मेदवारी आम विद्यार्थीहरूको हित र क्याम्पसको विकाश र प्रगतिको लागी रहेको जनाएका छन्। आफ्नो क्याम्पस आफै बनाउने उद्देश्य रहेको उनको भनाइ छ।
पटक पटक रोकिएको त्रिवि स्ववियु निर्वाचन १८ गते हुने निर्वाचन समितिको निर्णय
त्रिभुवन युनिभसिंटिमा जोशीको अलवा नेविसंघबाट निम्न विद्यार्थीहरुले आधिकारिक टिकट पाएको जोशीले जानकारी दिएका छन् ।
