समाचार

तीनकुनेमा ज्यान गुमाएकालाई शहिद घोषणा गर्न सरकारसँग राप्रपाको माग  

१६ चैत, काठमाडौँ । हिजो तीनकुने घटनामा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग माग गरेको छ। सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद घोषणा गर्नुपर्ने बताएका हुन् ।

आज बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।  अध्यक्ष लिङ्देनले भने ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौँ,’।

हिजो भएको उग्र प्रदर्शनमा आन्दोलनकारी कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । आन्दोलनलाई भड्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलसम्सेर जबरा पक्राउ परिसकेका छन्।