१८ चैत, काठमाडौँ । काठमाडौँको माइतीघरमा सहकारी तथा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन् । आज माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरेका हुन्।
विभिन्न सहकारी, लघुवित्त, बैङ्क तथा मिटरब्याजीबाट आफूहरू ठगिएको भन्दै बचतकर्ताहरूले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारसँग सहकारीमा बचत गरेको रकमको ग्यारेन्टी हुनुपर्ने, साँवा र व्याजसहित आफ्नो बचतको रकम फिर्ताको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन्। ।