१८ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई श्रद्धाञ्जली दिएका छन् ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधानगर पुगेर दाहालले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कोइरालाको हिजो आइतबार निधन भएको थियो। उनको शव अन्तिम श्रद्धाञ्जलीको लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पार्टीका नेताले पनि समाजवादी कार्यालयमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कोइराला पूर्वप्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाका छोरा हुन्। उनी राजदूतसमेत भएका थिए । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए ।





