समाचार

त्रिवि केन्द्रीय क्याम्पसको मतदान सकियो, केही बेरमा गणना सुरु गर्ने तयारी

१८ चैत, काठमाडौँ । आज बिहानबाट सुरु भएको  त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मतदान सकिएको छ। बिहान  ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान चलेको थियो । 

निर्वाचन समितिका अनुसार कुल ३ हजार १ सय १८ मत खसेको छ । 

त्रिवि विश्वविद्यालयमा ६ हजार २ सय ४६ मतदाता थिए । करिब ५० प्रतिशत मात्रै मत खसेको हो। 

अब मुचुल्का  उठाएर केही बेरमा गणना सुरु गर्ने तयारी भएको छ। इल्क्ट्रोनिक भोटिङ भएकाले नतिजा छिटै आउने सम्भावना छ।