समाचार

त्रिवि केन्द्रीय क्याम्पसको मतगणना जारी (अपडेट)

१८ चैत, काठमाडौं ।आज बिहानबाट सुरु भएको  त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मतदान गणना जारी छ। 

अहिलेसम्म अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्ट अगाडी देखिएका छन्। उनले १२५ मत ल्याएका छन् । 

त्यस्तै  अखिल क्रान्तिकारीका प्रविन दाहालले १०० मत , नेविसंघका उम्मेदवार दीपकराज जोशीले ८२ मत पाएका छन्। स्वतन्त्र तर्फ पदमा भुसालले २३ अर्का स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ६४ मत पाएका छन्।   मतगणना जारी छ। 

निर्वाचन समितिका अनुसार कुल ३ हजार १ सय १८ मत खसेको हो। 

त्रिवि विश्वविद्यालयमा ६ हजार २ सय ४६ मतदाता थिए । करिब ५० प्रतिशत मात्रै मत खसेको हो। 

एको छ। इल्क्ट्रोनिक भोटिङ भएकाले नतिजा छिटै आउने सम्भावना छ।