समाचार

त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतमाथि कालो मोसो प्रहार

१८ चैत, काठमाडौँ ।भोली गर्न हुन लागेको  त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचनका निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि कालो मोसो प्रहार भएको छ ।

 मतदानको पूर्व तयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत  गौतममाथि नेपाल विद्यार्थी सङ्घको बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले मोसो प्रहार गरेका हुन् ।

निर्वाचन समितिले आयोजना गरेको बैठकमा निर्वाचनमा उम्मेदवार बनेका सबै पक्ष सहभागी थिए । जसरी पनि निर्वाचन रोक्नु पर्ने  बानियाँ र श्रेष्ठको मत रहेको बुझिएको छ।  बैठकबाट बाहिरिएका उनीहरूले पुनः बैठकमा आएर परे बाट मोसो हानेका हुन्।