समाचार

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै 

१९ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका आज थाइल्याण्ड जाँदैछन् । उनी दिउँसो साढे १२ बजे थाइल्यान्ड प्रस्थान गर्ने बताइएको छ। 

नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्यान्ड भ्रमणका क्रममा दुई वटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । आफ्नो  भ्रमणबारे प्रधानमन्त्रीले हिजै संसद्लाई जानकारी गराइसकेका छन्। 

भ्रमण सकेर प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्कने छन्।