१९ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । उनले आज बिहान सभामुखलाई भेटेर निलम्बन गरिएको आफ्नो सांसद पद फुकुवाको लागि आग्रह गरेका हुन्।
सभापति लामिछानेले यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन माग गरेका थिए।
लामिछानेको सांसद पदबाट गत पुस ८ गते निलम्बन बाट निलम्बनमा छ। गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । पछि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।





