१९ चैत, काठमाडौँ । कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखिएको छ। आज सुनुवाइ नसकिएपछि दुवैको रिट हेर्दा हेर्दैमा राखिएको हो।
अब उक्त दुवै रिटको सुनुवाइ भोली बुधवार हुने बताइएको छ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक शाक्यले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ।
आज मङ्गलवार न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो। आज अन्य सबै निवेदन हेर्न नभ्याइनेमा राखेर घिसिङ र शाक्यको रिटमा केन्द्रित भएर सुनुवाइ गरिएको थियो।
घिसिङ र शाक्यको रिट यसअघि आइतबार पेसी तोकिए पनि सुनुवाइ भएको थिएन।





