२० चैत, काठमाडौँ । राजावादी प्रदर्शनमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको एक्स-रे सम्पन्न भएको छ। काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार रजकको गोली लागेर मृत्यु भएको हल्लापछि त्रिवि शिक्षण अस्पतालमा उनको शरीरको पोर्टेबल एक्स-रे गरिएको थियो।
रजकको गोली लागेर मृत्यु भएको हल्ला पछि पोस्टमार्टम गर्ने चिकित्सकको अडान लिएका थिए। एक्स-रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको बताइएको छ ।उनलाई पनि गोली लागेको भनेर प्रचार भएपछि चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स-रे गर्नुपर्ने अडान राखेका थिए ।
उनको पोस्टमार्टम आज बुधवार हुने छ ।