२० चैत, काठमाडौँ। भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।
उनलाई आज एक कार्यक्रमबिच भाटभटेनीका मालिक मिन बहादुर गुरुङले ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेका हुन्।
उनले लुटेराहरूलाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको योगदानका लागि आज भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको हो।
पराजुली २२ वर्ष देखि भाटभटेनीमा सुरक्षा गार्डको रूपमा कार्यरत रहेका थिए।