२० चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि आज पनि सुनुवाइ जारी छ ।
हिजो सुनुवाइ नसकिएर हेर्दाहेर्दै राखिएको दुवै जनाको रिट आज पुनः सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा सुनुवाइ भइरहेको हो।
यस इजलासमा हिजोको झैँ आज पनि कुलमान र शाक्यको बाहेकका अरू कुनै रिटको सुनुवाइ राखिएको छैन ।
घिसिङले आफ्नो कार्य अवधि बाँकी छँदै सरकारले आफूलाई बदनियतपूर्वक हटाएको सर्वोच्चमा रिट दायर गरेका थिए भने, शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै रिट दायर गरेका थिए ।





