समाचार

राष्ट्रपति भेट्न सितलनिवास पुगे कार्यवाहक प्रधानमन्त्री सिंह 

२२ चैत, काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ। 

कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयका अनुसार आज शुक्रवार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

 राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री सिंहबिच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली विमस्टेक सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएका बेला उपप्रधानमन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको  जिम्मेवारी सम्हालेका थिए।