समाचार

तीनकुने घटनाका मुख्य नाइके दुर्गा प्रसाईँलाई खोज्न प्रहरी संयन्त्र सक्रिय छ : महानिरीक्षक थापा 

२२ चैत, काठमाडौँ। प्रहरीका महानिरीक्षक दीपक थापाले तीनकुने घटनामा प्रदर्शनकारीले भनेजस्तो घरको छतबाट अश्रुग्यास प्रहार नगरिएको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै  उनले प्रहरीले आन्दोलनकारीले दाबी गरे जस्तो नभएको बताएका हुन्। 

 चैत १५ मा राजावादीले तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दै दुई वटा घरमा आगजनी गरेका थिए । 

 महानिरीक्षक थापाले भने उक्त घरबाट अश्रुग्यास प्रहार नगरिएको  बताएका हुन्।  अश्रुग्यास तलबाट माथि हान्ने हो । माथिबाट तल हान्ने होइन भन्दै प्रहरीले उक्त घरमाथिबाट  मञ्चमा पनि अश्रुग्यास नहानिएको  दाबी गरे। तर उक्त घरमा आगो लगाउनुको कारण प्रहरीले  घरको छतबाट प्रदर्शनकारीमाथि अश्रुग्यास र गोली प्रहार गरिनु मुख्य कारण रहेको प्रदर्शनकारीले दाबी गर्दै आएका छन्। 

 घटनामा संलग्न रहेकामाथि तथ्यमा आधारित रहेर अनुसन्धान भइरहेको महानिरीक्षक थापाले बताए  । घटनाका मुख्य नाइके भनिएका दुर्गा प्रसाईँलाई  प्रहरी संयन्त्रले सक्रिय भएर खोजिरहेको जानकारी समेत दिए।