२२ चैत, बैङकक। थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैङककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्थानीय समय अनुसार चार बजे भेटवार्ता गर्ने तय भएको थियो। बिम्स्टेकको छैटौँ शिखर सम्मेलन पनि समापन भएको छ।