समाचार

भेटवार्ता पश्चात् प्रधानमन्त्री ओलीले गरे हिन्दीमा ट्विट, मोदीले नेपालीमा

२२ चैत,काठमाडौँ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको मौका पारेर  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज थाइल्यान्डको बैंककमा भेटवार्ता सम्पन्न भएको छ।

 बिमस्टेक शिखर सम्मेलनमा भाग लिन दुवै  प्रधानमन्त्री थाइल्यान्डको बैंककमै रहेको अवसरमा भेटवार्ता भएको हो। 

भेट पश्चात् दुवै  प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिएका छन्।  प्रधानमन्त्री ओलीले हिन्दी र मोदीले नेपालीमा भेटबारे आ-आफ्नो प्रतिक्रिया दिएका हुन्। 

भेटबारे मोदीले भनेका छन्, :-

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ।’  

त्यस्तै प्रधानमन्त्री ओलीले हिन्दीमा प्रतिक्रिया  छन्। उनले भनेका छन्, :-

‘मेरो प्रिय मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग आत्मीय भेट भएको छ। हाम्रो कुराकानी अत्यन्तै सार्थक र सकारात्मक रह्यो। यो सौहार्दपूर्ण भेटका लागि खुसी व्यक्त गर्दछु  । 

भारतीय प्रधानमन्त्री मोदी हिजो बिहीबारमात्रै थाइल्यान्ड पुगेका हुन् भने ओली चैत १९ गते नै पुगेका थिए। प्रधानमन्त्री ओलीले सम्मेलनको समापन पश्चात् पूर्व निर्धारित कार्यक्रम अनुसार मोदी बसेकै होटल म्यान्डारिन ओरियन्टलमा पुगेर भेटवार्ता गरेका हुन्।