राजनीति

देशको सार्वभौमिकतामा बारम्बार प्रहार गर्ने स्वर्णिम वाग्लेलाई कारवाहि गरियोस्ः मुकुल ढकाल

२३ चैत, काठमाण्डौं । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपाका उपाध्यक्ष स्वर्णीम वाग्लेलाई कारबाही गर्न माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै देशलाई औपनिवेशिकरण गर्ने कुरा गरेको भन्दै वाग्लेलाई कारबाही गर्न माग गरेका हुन् । रास्वपासँग चिढिएका डा ढकालले देश भित्रका कुरा देशमै सेटल गर्छौँ, त्यसको लागी लड्छौँ, भन्नुको साटो अन्तरार्ष्ट्रियकरण गर्छौँ धनेको पंशंगलाई जोड्दै देशको सार्वभौमिकतामा बारम्बार प्रहार गर्ने स्वर्णिम वाग्लेलाई कारवाहि गरियोस् भन्ने स्पष्ट माग राखेका छन् ।

उनको सामाजिक सञ्जालको लेखाईः

देश भित्रका कुरा देशमै सेटल गर्छौँ, त्यसको लागी लड्छौू भन्नुको साटो अन्तरार्ष्ट्रियकरण गर्छौँ रे । सिधा स्पष्ट भाषामा देशलाई औपनिवेशिकरण गर्ने कुरा गरेका छन् ।
जत्रो ठूलो समस्या होस्, नेपालको समस्या नेपालीले मिलाउने हो , नेपालीले समाधान गर्ने हो । देशको सार्वभौमिकतामा बारम्बार प्रहार गर्ने स्वर्णिम वाग्लेलाई कारवाहि गरियोस् ।