३० चैत, काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापाले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मानसिक अवस्था चेक गर्नु पर्ने बताएका छन्।
सांसद थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रसाईँले बैङ्कबाट लिएको ऋण ८ अर्ब नाघिसकेको भन्दै यसबारे उनले कुनै चासो नराखेको टिप्पणी गरेका हुन्।
उनले सर्वोच्च अदालतले मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिए पनि प्रसाईँले ध्यान नदिएको आरोप लगाएका छन्। प्रसाईँले विभिन्न बैङ्कबाट लिएको ऋणको विवरण समेत सांसद थापाले सार्वजनिक गरेका छन्।
उनले लेखेका छन्,’ जान्नेहरू भन्छन्- बैङ्कबाट लिएको ऋण सावा, ब्याजले ८ अर्ब नाघिसक्यो, सर्वोच्च अदालतले मेडिकल कलेज चलाउन दिने आदेश गरिदियो, त्यतातिर ध्यान छैन! अब कसैले रामराम भन्ने स्थिति रहेन। हरेक कामको हद हुन्छ ! मुर्गा प्रसाईँको दशापछि दुर्दशा ! तीनकुने वितण्डाको अनुसन्धान गर्ने क्रममा मुर्गाको मानसिक स्वास्थ्य परीक्षण गरेर व्यवहार गर्नु उचित होला।’
