सामाजिक सञ्जाल

धरानका मेयरको आह्वान : देश विकाशको बाधक केन्द्रीय सत्ता हो, अब केन्द्रमा पुग्न सङ्गठन विस्तारमा लागौँ 

१ वैशाख, काठमाडौँ ।  धरान उपमहानगर पालीकाका प्रमुख हर्कराज राईले देशको विकाशको बाधक केन्द्रीय सत्ता नै रहेको बताएका छन्। 

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विकाश र जनसेवाको बाधक सङ्घीय सरकार रहेको आरोप लगाएका हुन्। 

मेयर राईले जनसेवा र विकासको बाधक केन्द्रीय  सत्ता  रहेको भन्दै सङ्गठन विस्तार गरेर केन्द्रीय सत्तामा पुग्नु पर्ने बताएका हुन्।

 उनले ‘यो देशमा विकासको बाधक र जनसेवाको बाधक केन्द्रीय सत्ता नै देखिन्छ ! अब केन्द्रमै नपुगी नहुने हुनाले सङ्गठन बिस्तारमा लागौँ ! भोलि २ बजे sns चौतारीमा है !’ भन्दै आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन्।