शिक्षा

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गर्यो ट्रान्सक्रिप्ट सेवा अब अनलाइनबाट

२ वैशाख, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्नो सेवा प्रक्रियालाई आधुनिक बनाउँदै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको लागि अनलाइन सेवा पुनः सुरु गरेका छ ।

प्राविधिक कारणले गत वर्ष अवरुद्ध भएको अनलाइन सेवा अब त्रिविले आफ्नै पद्धतिबाट पुनः कार्यान्वयनमा ल्याएको हो। यो सेवा आज देखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

सेवाग्राहीहरूले अब student.tuexam.edu.np मा लगइन गरी अनलाइन फारम भर्नु पर्नेछ भने शुल्क पनि अनलाइनमार्फत नै तिर्न सकिनेछ। रजिस्ट्रेशन कार्ड र मार्कशीटमा विवरण फरक परेमा ‘correction option’ प्रयोग गर्न सक्नेछन् ।

ज्येष्ठ १५ गतेदेखि भने बल्खु कार्यालयबाट प्रदान गरिने सबै सेवा क्रमशः अनलाइनमार्फतै उपलब्ध हुने जनाएको छ।

बिज्ञप्ति :