शिक्षा

निजी विद्यालय र शिक्षकका विषय टुंगो लगाउन उपसमिति छलफलमै

३ वैशाख, काठमाडौँ। विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा पुगेको छ, तर निजी विद्यालय र शिक्षकसम्बन्धी विषयमा अझै सहमति जुट्न बाँकी रहेको छ  । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमिति यसै विषयमा दवाफार छलफल गर्दै आईरहेको छ ।

स्रोतका अनुसार उपसमितिले एसईई परीक्षा नहुने, जिल्ला शिक्षा कार्यालय नरहने, र इसीडीलाई दुई वर्षे बनाउने जस्ता विषयमा सहमति जुटाइसकेको छ। अहिले उपसमितिको बैठक जारी छ।

शिक्षा विधेयक पारित गर्न वैशाख १२ गते संसदको अधिवेशन बोलाएको छ। शिक्षा मन्त्री विद्या भट्टराईले विधेयकलाई प्राथमिकता दिँदै संसद बैठक आह्वान गरिएको स्पष्ट परिन् ।

यसबीच, शिक्षा ऐनको माग गर्दै शिक्षकहरू १० चैतदेखि काठमाडौंमा आन्दोलनमा छन्।