७ वैशाख, काठमाडौँ । पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।
अध्यक्ष लिङ्देन सहितका नेताहरूले सिंहदरबार भित्र पर्चा देखाउँदै प्रदर्शन गरेपछि प्रहरीले धरपकड गरेको हो ।
राप्रपाले निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो भने सिंहदरबारमा पनि विरोधका कार्यक्रम गर्न नपाउने भए पनि उनीहरूले प्रदर्शन गरेका हुन्। सोही कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।